दार्चुला – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा युवा नेता असोक साउँदले सुदुरपस्चिम प्रदेश सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन्।
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल दार्चुलाका जिल्ला सचिव रहेका युवा नेता साउँदले नेपाली काँग्रेस दार्चुला निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र ख बाट प्रदेश सदस्य पदका लागि युवा नेता असोक साउँदले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन।
नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ को पार्टी संगठन बलियो, शक्तिशाली र आम निर्वाचनमा पहिलो पार्टी बनाउन आफ्नो उमेद्वारी रहेको साउँदले बताउनुभयो । आगामी आउने निर्वाचनमा दार्चुलाबाट नेपाली काँग्रेस विजय गराउन र उत्पीडित समाजको नेतृत्व गर्ने उद्देश्यका साथ नेता साउँदले आफ्नो उम्मेदवारी सुदुरपस्चिम प्रदेश सदस्य पदमा रहेको बताउनुभयो ।
आफु कुनै गुट र उपगुटलाई सहयोग नगरी नेपाली काँग्रेसलाई बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ । स्थानीय प्रदेश संघको आउने निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउने भुमिकालाई सक्षम बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
करिब दुई दशक देखि पार्टीको राजनीतिमा सक्रिय भएर काम गर्दै आएका साउँद नेपाल तरुण दल दार्चुलाका जिल्ला सचिव समेत रहेका छन् ।