नौगाड गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशी लाई स्वागत

दार्चुला । नौगाड गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ । गाउँपालिकामा आजदेखि हाजिर हुनु भएका प्रमुख प्रसासकीय अधिकृत धर्मेन्द्र जोशीलाई स्वागत गरिएको हो ।

प्रमुख प्रसासकिय अधिकृत जोशीलाई नौगाड गाउँपालिकाका अध्यक्ष दलजित सिह धामी लगायत पालिका उपाध्यक्ष लगायत पालिकाका कर्मचाहरुले स्वागत गरेका छन् ।
आजबाट जोशीले नौगाड गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्बेवारी सम्भाल्नु भएको छ । जोशी दार्चुलाकै मार्मा गाउँपालिकाबाट सरुवा भएर नौगाड गाउँपालिकाको प्रशासकीय अधिकृतको जिम्बेवारीमा आउनु भएको हो ।

Leave A Reply

Your email address will not be published.