दार्चुला । मालिकार्जुन जात्राको समयमा शान्ति सुरक्षा कायम राख्न दार्चुलाका चार स्थानीय तहका विभिन्न वडामा मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।
मंसिर ७ गते मालिकाजुर्न धाममा लाग्ने रात्रिकालीन जात्रालाई लक्षित गर्दै जिल्लाका चार स्थानीय तहका विभिन्न वडाहरुमा मदिराजन्य पदार्थको ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन तथा सम्बन्धित निकायको निर्णयअनुसार मंसिर ४ गते बिहान ६ बजेदेखि मंसिर ८ गते बिहान १२ बजेसम्म मालिकार्जुन गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५ र ८, शैल्यशिखर नगरपालिकाका वडा नं. ५, ६ र ७, महाकाली नगरपालिकाको वडा नं. ९ तथा लेकम गाउँपालिकाका वडा नं. ४, ५ र ६ मा मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।
त्यसैगरी, मंसिर ४ गते दिउँसो १२ बजेदेखि मंसिर ८ गते दिउँसो १२ बजेसम्म तोकिएका क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन पूर्ण रूपमा निषेध गरिने जनाइएको छ ।
मालिकार्जुन जात्रामा सहभागी हुने भक्तजन तथा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण र जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्राका लागि अहिले तयारी तिब्र पारिएको छ ।