दार्चुला । दार्चुलामा गत कार्तिक महिनामा भएका दुई वटा सवारी दुर्घटनामा परी सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाले सार्वजनिक गरेको कार्तिक महिनाको प्रगति विवरणअनुसार दुर्घटनामा सात जना घाइते भएका हुन्।
उक्त अवधिमा सवारी दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन। प्रहरीले दुर्घटनामा परेका सातै जनाको उद्धार गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कार्तिक महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने १४५ वटा सवारीसाधन कारबाहीमा परेका छन्।
कारबाहीमा परेका सवारीसाधनबाट प्रहरीले एक लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।