दार्चुलामा ३१ हजार रुपैयाँभन्दा बढीका पटका बरामद गरी नष्ट

दार्चुला । दार्चुलामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका ३१ हजार रुपैयाँभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार नेपाल–भारत जोड्ने विभिन्न नाकाबाट अवैध रूपमा ल्याउँदै गर्दा प्रहरीले उक्त मूल्य बराबरका पटका बरामद गरेको हो।

प्रहरीका अनुसार गत एक महिनाको अवधिमा ३१ हजार ३०० रुपैयाँ बराबरका पटका बरामद गरी नष्ट गरिएको छ।

बरामद गरिएका पटका जनप्रतिनिधि, पत्रकार तथा स्थानीयवासीको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.