कञ्चनपुर ।
सुदूरपश्चिम प्रदेशका युवा औषधी व्यवसायी गजेन्द्रदेव लेखकले नेपाल औषधी व्यवसायी संघको केन्द्रीय उपाध्यक्षको दौडमा देखिएका छन । कञ्चनपुर महेन्द्रनगरका युवा औषधी व्यवसायी लेखक नेपाल औषधी व्यवसायी संघको केन्द्रीय उपाध्यक्षको दौडमा देखिएका हुन ।
यही मसिर ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेत बिरेन्द्रनगरमा हुन लागेको नेपाली औषधी व्यवसायी संघको १५ राष्ट्रिय महाधिवेशनमा लेखकले खुद्रा तर्फको उपाध्यक्ष(खुद्रा) पदमा उम्मेदवारी घोषणा गरेका छन ।
लेखकले ‘सक्षम नेतृत्व, सुदृढ सस्था, सुरक्षित, व्यवसाय र सम्मानित व्यवसायी’ नारा अघि सारेर उपाध्यक्ष(खुद्रा)मा उम्मेदवारी घोषणा गरेका हुन । औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको अध्यक्ष समेत रहेका लेखकले देशैभरीका आम औषधी व्यवसायीहरूका साझा समस्या र चुनौतीको सम्बोधन, संस्थागत सुदृढीकरण तथा खुद्रा व्यवसायीहरूको आवाजलाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पु¥याउने सकल्प लिएका छन ।
झण्डै दुई दशक बढी समयदेखि औषधी व्यवसायमा आफ्नो व्यवसायिक एव समाजिक स्वच्छ छवि बनाउन सफल भएका लेखकले नेपाल औषधी व्यवसायी संघको तत्तकालिन महाकाली अञ्चल शाखाको महासचिव, सुदूरपश्चिम प्रदेश समितिको महासचिव हुँदै प्रदेश अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन । अहिले सिङ्गो प्रदेशकै औषधी व्यवसायीहरुको हकहितका लागि कार्यरत लेखकले यस पटक केन्द्रीय उपाध्यक्ष(खुद्रा)को दौडमा आफुलाई अघि सारेका छन ।
जिल्ला, प्रदेश मात्रै होईन अन्तर प्रदेश अन्य जिल्लाहरुका औषधी व्यवसायीहरुमाथि परेका पिरमर्काका विषय सम्बन्धीत पक्षसंग वकालत पैरवी गर्दै आएका छन । लेखकले देशैभरीका आम खुद्रा औषधी व्यवसायीहरूले दैनिक व्यवसायमा भोक्दै झेल्दै आएका व्यवहारिक, नीतिगत समस्या चुनौतीलाई चिर्दै खुद्रा औषधी व्यवसायीहरुको व्यवसायलाई स्थायित्वदेखिका दीगो रुपमा समाधान गर्ने एजेण्डा अघि सारेका छन । लेखकले संघको उपाध्यक्ष(खुद्रा)मा उम्मेदवारी घोषणासगै व्यवसायीहरुसंग भेटघाट, छलफल, समन्वयदेखि अग्रीम आर्शिवाद थापिरहेका छन । उनको उम्मेदवारी घोषणासंगै जिल्ला, प्रदेश मात्रै होईन अन्य जिल्ला, प्रदेशका खुद्रा व्यवसायीहरु समेत आम औषधी व्यवसायीहरुको हकहितमा पैरवी गर्दै आएका लेखक देखेर उत्साहित भएका छन ।