कञ्चनपुर ।
भोटेकोशी वाढीमा वेपत्ता भएका प्रहरी हबल्दार नरेन्द्र भट्टको कुशको शव बनाएर अन्त्येष्टी गरिएको छ । गत १० भदौँ ०८३ भोटेकोशी वाढीमा आएको वाढीबाट वेपत्ता भएका कञ्चनपुर बेदकोट नगरपालिका ८ गैलनदीका स्थानीय समेत रहेका प्रहरी हबल्दार नरेन्द्र प्रशाद भट्टको कुशको शव बनाएर अन्त्येष्टी गरिएको हो ।
सोमबार धार्मिक परम्परा अनुरुप कुशको शव बनाएर महाकाली महाकाली नदीमा अन्त्येष्टी गरिएको घर परिवारजनले जनाएका छन ।
वेपत्ता नरेन्द्रका भाई दिनेशराज भट्टले वेपत्ता भएको तीन महिनासम्म पनि कुनै सुरसार नपाएपछि कुशको शव बनाएर अन्तेष्टी गरिएको बताए । नरेन्द्रका बाबु खेमराज भट्टले नाबालक १० बर्षिया छोरा कुसलले त्यही कुशको शवलाई दागबत्ती दिएका छन ।
यस अघि पनि कञ्चनपुरका विभिन्न वेपत्ताको कुसकै शव बनाएर अन्तेष्टी गरिएको थियो । प्रहरीले सलामी दिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरी सहितका प्रहरी अधिकारी एव कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रहरीमा ईमान्दार कर्मचारीकै रुपमा रसुवाको टीमुरे प्रहरी चौकीमा कार्यरत प्रहरी हबल्दार भट्ट वेपत्ता भएपछि घर परिवारमा अहिलेसम्म सन्नाटा छाएकै छ । वाढीमा परेर कञ्चनपुरका नागरिक घाईते, वेपत्तादेखि मृत्युबरण गरेका थिए ।