गोकुलेश्वर कृषि क्याम्पस क्याम्पसलाई आंगिक बनाउने निर्णय

दार्चुला – गोकुलेश्वर कृषि क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय सभा सीनेट बैठकले आंगिक क्याम्पस बनाउने निर्णय भएको छ। हिजो शुक्रबार काठमाडौंमा भएको सभाले गोकुलेश्वर कृषि क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो।

सुदूरपश्चिम विश्वविद्यालयले आंगिक क्याम्पस बनाउनका लागि प्रक्रिया थालेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ। कृषि क्याम्पस सञ्चालन कार्यविधि बनाएर गोकुलेश्वर कृषि क्याम्पस विश्वविद्यालयको ७औं आंगिक क्याम्पस बन्न लागेको हो। यसअघि सुदूरपश्चिमका ६ क्याम्पसलाई आंगिक बनाइएको थियो। गोकुलेश्वर कृषि क्याम्पस आंगिक बनेसँगै विद्यार्थीले सस्तो शुल्कमा पढ्न पाउने क्याम्पसले जनाएको छ।

गोकुलेश्वर क्याम्पसमा अहिले कृषि विज्ञान विषयको पढाई हुन्छ। क्याम्पस २०६७ सालमा स्थापना भएको थियो। क्याम्पसमा अहिले १ सय ९६ विद्यार्थी अध्ययनरत छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.