बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक ६८ वर्षीय पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डिलाशैनी गाउँपालिका–४, द्वरी निवासी ६८ वर्षीय मोहन सिंह बोहरा रहेका छन् । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बोहराले ती महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट धौनाखोलीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।