दार्चुलामा सीमा नाकामै कोरोना विरुद्धको खोप

दार्चुला – दार्चुलामा नेपाल र भारतको सीमा नाकामै कोरोनाको खोप लगाउन थालिएको छ। महाकाली नगरपालिका ४ स्थित नेपाल र भारत जोड्ने पुलघाटमा नेपालीलाई पहिलो पटक  कोरोना विरुद्धको खोप लगाउन थालिएको हो।

नाकामै हेल्थ डेस्कमार्फत १८ वर्षमाथिका नागरिकलाई भेरोसेल र कोभिसिल्ड खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए। हालसम्म ७४ जनालाई खोप लगाईएको उनले बताए।

उक्त नाकाबाट दैनिक १५० बढी मानिस आउने गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.