देउवा दम्पत्ती मतदान गर्न धनगढी आएनन् 

दार्चुला – आज शनिवार सुदूरपश्चिममा काँग्रेसको प्रदेश कार्यसमिति चयनका लागि मतदान भइरहेको छ।

बिहानैदेखि निर्माण व्यवसायी संघ कैलालीको हलमा मतदान सुरु भएको थियो। जहाँ प्रदेशका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि चुनिएकाहरु मतदान गरिरहेका छन्। मतदान कार्य लगभग अन्तिम चरणमा छ। हालसम्म ९० प्रतिशत मत खसिसकेको बताइएको छ। दिउँसो ४ बजेसम्म कूल १ हजार २२ मध्ये ९ सय ८९ मत खसेको छ। तर हालसम्म मतदान गर्न प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा मतदान स्थलमा पुगेका छैनन्।

उनीहरु दुवै जना मतदान गर्न नआउने नेपाली काँग्रेस कैलालीले जनाएको छ। देउवा दम्पती गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए।

प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।

Leave A Reply

Your email address will not be published.