दार्चुलाको रनेबासमा जिप दुर्घटना , चालक सामान्य घाईते

दार्चुला – दार्चुलामा जिप दुर्घटना भएको छ ।

जिल्ला सदरमुकाम खलंगाबाट मालिकार्जुन गाउँपालिका मड तर्फ गैइरहेको लोकेन्द्र सिंह धामी को नाममा रहेको म १ ज २३९ नम्वर को जिप शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाको सिमाना पर्ने रनेवाँसमा दुर्घटना भएको हो ।

जिपमा एक जना चालक मात्र रहेका थिए । जिप चालक धौल सिंह साउद सामान्य घाईते भएका छन। चालक साउदलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.