दार्चुला – दार्चुला ओखर खेतीका लागि चिरपरिचीत छ। यहाँका धेरै जसो किसान हरु ओखर खेती तर्फ आकर्षक भएक देखिन्छन् । अहिले धेरै जसो किसान हरुले व्यवसायिक रुपमै खेती गर्न थालेका छन । सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसानहरु ओखर खेतीतर्फ थप आकर्षित हुँदै आएका पनि छन् ।
विगतदेखि नै ओखर खेती गर्दै आएका दार्चुलाको शैल्य शिखर नगरपालिका ६ पनेबाजका धम्रसिंह धामी पनि ओखर खेतीलाई थप विस्तार गर्दै आएका छन् । बुवा, बाजेले लगाएका दुई चार बोटबाट खेती सुरु गरेका धामीको बारीमा अहिले साना ठूलो गरेर डेढ सय ओखरका बोट छन् । एक सय बोट दुई वर्षयता मात्रै लगाएका हुन्, उनले । बारीमा भएका ५० बोटले अहिले उत्पादन दिइरहेका छन् ।
उनले अहिले ओखर को बेर्ना बनाएर बोट समेत बेच्ने गरेका छन । उनको बारीमा अहिले साना ठूलो गरेर ५०० ओखरका बोट छन् । उनले भने बोट कम उत्पादन भयो एक हजार बोटको अर्डर नै थियो आवश्यक भन्दा कम बोट भए । ओखर को बेर्ना बनाएर बोट उमार्न निक्कै कठिन हुने उनले बताए। उनले आफ्नो उत्पादन दार्चुलाको गोकुलेश्वर र डडेलधुराको स्याउलेसम्म निर्यात गरिरहेका छन् ।

उनी आफूले उत्पादन गरेका र गाउँघरबाट पनि उत्पादित ओखर संकलन गरेर पनि बजारसम्म पुर्याउने काम गर्दछन । आफ्नो मात्रै ओखर बेचेर वार्षिक ५० हजारसम्म आम्दानी हुन्छ, उनले भने, गाउँघरको संकलन गरेर बेच्दा वार्षिक एक लाख भन्दा बढी आम्दानी गरिरहेको छु । ओखरले पछिल्लो समय राम्रो बजार लिइरहेको छ । तर स्थानीय सरकार र कृषि ज्ञानकेन्द्र दार्चुलाले ओखर खेती को लागि कुनै सहयोग नगरेको अर्का किसान शिव सिंह धामी ले बताए।
दार्चुला को शैल्यशिखर नगरपालिका को वडा न ६ मा मात्र बर्सेनि २० लाख भन्दा माथीको ओखर बाहिर निर्यात हुन्छ। भने नगरपालिका को वडा ४ , ५ र मालिकार्जुन गाउँ पालिकाको केही भु भागमा पनि ओखर निक्कै फल्ने गर्दछ। स्थानीय सरकार ले कुनै चासो र सहयोग नगरेको भन्दै किसान हरुले दुखेसो ब्यक्त गरे । सरकारले ओखर खेतीमा केही सहयोग गरे किसान हरु झन आकर्शित हुने कृषक हरुको बुझाइ छ।
सरकारले यस वर्षदेखि दार्चुलालाई ओखर पकेट क्षेत्रका रुपमा समेत घोषणा गरेपछि धामीसहित यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित भएका छन् । सामान्य खेती गर्दै आएका किसानहरु पनि खेतीलाई थप वृद्धि गर्दै गइरहेका छन् ।
