कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ ।

काठमाण्डौको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा पनि पुग्नुभएको छ । उहाँले केहीबेरमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसले १४ औँ महाधिवेशन गर्न लागेको हो ।

महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि सहभागी छन् । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेताहरुसँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका पाहुनाले पनि सम्बोधन गर्नुहुनेछ । उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ ।

भृकुटीमण्डपमा चहलपहल बढेको छ ।

Leave A Reply

Your email address will not be published.