शैल्यशिखर नगरपालीकाको पनेबाज र गोकुलेश्वर बजारमा फोहोरमैलाको ब्यवस्थापन नहुदा बजार दुर्गन्धित

दार्चुला — दिपक साउँद शैल्यशिखर नगरपालीका वडा नम्बर ९ गोकुलेश्वर बजार र शैल्यशिखर नगरपालीका वडा नम्बर ६ मा रहेको पनेबाज बजारमा पनि फोहोरमैला ब्यवस्थापन नहुदा बजार दुर्गन्धित बनेको छ। दार्चुला जिल्लाको मुख्य दोस्रो ठुलो बजारका रूपमा चिनिँदै आएको गोकुलेश्वर बजार र सो नगरपालिकाको पनेबाज बजार बाट संकलित फोहरमैलाको उचित व्यवस्थापन नहुँदा बजारहरु दुर्गन्धित बन्दै गएको हो ।

शैल्यशिखर नगरपालिकाका ९ गोकुलेश्वर बजारको अस्पताल रोड, प्रहरी पोष्ट,र रुक्साल खोला लगायत धेरै ठाउँहरुमा फोहोरको थुप्रो लागेको छ । यस्तै पनेबाज बजारको बजार छेउमै रहेको खोलेसोमा फोहोर फाल्ने गरेको पाइएको छ भने बजार नजिकै फालेको फोहोरले पुरै बजार दुर्गन्धित बनेको छ। निर्धारित फोहोर व्यबस्थापन नहुँदा खोला, गल्ली किनार लगायत सार्वजनिक स्थलमा फोहोर फालिने गरिएको छ ।

देशमा संघीयता आएसँगै फोहोरमैला व्यवस्थापनको जिम्मा स्थानीय तहले गर्नु पर्ने प्रावधान रहेको भएपनि उक्त फोहोर व्यवस्थापनका लागि शैल्यशिखर नगरपालिकाले ठोस कदम नचाल्दा बजारमा फोहोरको क्रम बढ्दै गएको छ ।
घर तथा होटल सञ्चालनबाट संकलित भएको फोहरको व्यस्थापन नभएकै कारण धेरै समस्या भोग्नु परेको होटल ब्यबसायी तथा स्थानीय गणेश सिह धामीले गुनासो गरेका छन । नगरभित्र संकलन भएको फोहर खुलेआम नदी किनारमा फाल्दा र सार्वजनिक स्थानमा फोहरको थुप्रो लाग्दा समेत नगरपालिकाले फोहर व्यस्थापनको लागि कुनै कार्य अगाडि बढाउन सकेको छैन । शैल्यशिखर नगरपालिका घोषणा भएको ५ वर्ष बितिसक्दासमेत फोहरको व्यवस्थापन गर्न नगरपालिका चुकेको पनेबाजका बासिन्दा भन्छन्, “

अव्यवस्थित फोहरले बजारको स्वरुप नै कुरुप भएको बताउँदै स्थानीयले फोहर व्यवस्थापनका लागि पटकपटक नगरपालिकामा कुरा राख्दासमेत बेवास्ता गर्ने गरेको र अब नगरपालिका छिटोभन्दा छिटो फोहर व्यवस्थापन गर्नेतर्फ केन्द्रित हुनुपर्ने स्थानीयहरुको माग रहेको छ ।
फोहर व्यवस्थापनको लागि नगरपालिकालेआफ्नो सक्रियता बढाउनुपर्ने देखिन्छ तर नगरपालिका मौन बस्न भने नमिल्ने स्थानीयहरु बताउँछन् । फोहरले वातावरणमा पर्ने दीर्घकालीन असरको विषयमा स्थानीयहरुले आपत्ति व्यक्त गरेका छन् । फोहरको व्यस्थापन नहुँदा चमेलीया नदी धेरै दुर्ग्न्धित भएको र फोहरले मानिसको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ ।

फोहर व्यवस्थापनको लागि भनेर नगरपालिकाको गोकुलेश्वर बजारको प्रत्येक स्थानमा फोहर राख्ने ठाउँ बनाइएको छ । फोहर राख्ने ठाउँमा फोहर कुहिएर दुर्ग्न्धित हुन्छ तर फोहर लिन नगरपालिकाको गाडी चार महिना बितिसक्दा पनि नआएको स्थानियहरु बताउँछन् ।
वातावरण सन्तुलन राख्न नगरपालिकाले मुख्य चासो दिनुपर्नेमा नगरपालिका आफैँ मुकदर्शक बनेकाले तत्काल फोहर व्यवस्थापनको आशा टरेको स्थानियहरु बताउँछन् ।

फोहोरमैला ऐन २०६८ ले फोहरमैला व्यवस्थापन गर्ने गराउने दायित्व स्थानीय तहलाई तोकेको छ । फोहरमैलाको व्यवस्थापन गर्न स्थानान्तरण केन्द्र ट्रान्सफर स्टेशन ल्याण्डफिल साइट, प्रशोधन प्लाण्ट, कम्पोष्ट प्लाण्ट, बायो ग्यास प्लाण्टलगायत फोहरमैलाको संकलन, अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण र सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको हुने ऐनमा समेटिएको छ ।

डम्पिङ साइड बनाउने र डम्पिङ साइड बनाउँदा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी बनाउनुपर्ने छ भने त्यस स्थानमा दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्था समेत गर्नुपर्ने ऐनमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.