कांग्रेसको १४ महाधिवेशनबाट सभापतिमा ६ जनाको उम्मेदवारी

दार्चुला – नेपाली कांग्रेस सभापति पदमा मुख्य चारसहित ६ जना नेताको उम्मेदवारी परेको छ। पार्टीको चौधौं महाधिवेशनबाट नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारी परेको हो ।

यस्तै कल्याण गुरुङ र गोरखाका युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन्। देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण गरेर प्यानलसहित उम्मेदवारी दिनुभएको हो । संस्थापनइतर समूहमा भने सहमति हुन नसकेपछि शेखर कोइराला र प्रकाशमान सिंहको उम्मेदवारी परेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल भने प्रतिस्पर्धाबाट बाहिर बस्नुभएको छ ।

उहाँले कोइराला समूहलाई समर्थन गर्नुभएको छ । उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजय गच्छदार, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ तथा प्रकाशमान सिंह समूहबाट सुजाता कोइरालाले उम्मेदवारी दिनुभएको छ । महामन्त्रीमा प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा, देउवा समूहबाट डा। प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला समूहबाट डा मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी परेको छ ।

Leave A Reply

Your email address will not be published.