रामचन्द्र पौडेलद्वारा शेखर कोइरालालाई जितको शुभकामना

दार्चुला । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालालाई जितको शुभकामना दिनु भएको छ ।
बिहान पौडेल निवास बोहराटारमै पुगेर कोइरालाले भेटवार्ता गर्नु भएको हो ।

राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्ने भन्दै प्रचार गरेकोप्रति सङ्केत गर्दै पौडेलले आफ्नो समर्थन कोइरालालाई नै रहेको बताउनुभयो । यस्तै, पौडेलले संस्थापन इतर एक हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला मिल्न सकेको भए राम्रो हुने समेत उहाँको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.