दार्चुला । नेपाली कांग्रेसको उपसभापतिका लागि अहिले मतगणना चलिरहेको छ । सानेपामा तीन ठाउँमा उपसभापतिको मतगणना थालिएको हो । दुई जना उपसभापतिका लागि सात जना प्रतिस्पर्धामा हुनुहुन्छ ।
उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाहबीच प्रतिस्पर्धा छ ।
प्रारम्भिक मत परिणामअनुसार धनराज गुरुङ अगाडि हुनुहुन्छ । तीन सय मत गणना हुँदा गुरुङले एक सय ३१, पूर्णबहादुर खड्काले एक सय २८, चन्द्र भण्डारीले ९५, सुजता कोइरालाले ३६, महेश आचार्यले २५ र दिव्येश्वरी शाहले ६ मत प्राप्त गर्नुभएको छ ।
पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना एक साथ गर्दा झन्झटिलो हुने भएकाले पदाधिकारीको सकेर केन्द्रीय सदस्यको गणना गर्ने निर्णय गरेको निर्वाचन समितिका सदस्य केशव रिजालले जानकारी दिनुभयो । उपसभापतिको मतगणना सकिएपछि भोली बिहान महामन्त्री र त्यसपछि सह–महामन्त्रीको मतगणना सुरु हुनेछ । महामन्त्री र सह–महामन्त्रीको सकिएपछि मात्रै केन्द्रीय सदस्यको मतगणना गर्ने तयारी छ ।