दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु

दार्चुला ।  दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ खालिडाँडा का गजेन्द्र सिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो ।

उहाको खर फगला फडानी गर्ने क्रममा  बुधबार भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

धामी बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा मृत अवस्थामा करिब एक सय मिटर तल खोलामा फेला परेका थिए। मृतक धामीका दुई छोरा र दुई छोरी रहेका छन् ।

Leave A Reply

Your email address will not be published.