कांग्रेस महामन्त्री पदको मतगणना सुरु

दार्चुला । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज बिहान देखि सुरु हुँदैछ ।

गणना सुरु गर्नेबारे छलफलका लागि महामन्त्रीका उम्मेदवार तथा प्रतिनिधिलाई बोलाइएको पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

छलफल लगत्तै पार्टीको केन्द्रीय कार्यालय सानेपामा गणना सुरु हुनेछ । सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, डा शेखर कोइराला समूहबाट डा मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको समूहबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.