नेपाली कांग्रेसमा तीन सहमहामन्त्री निर्वाचित, पाँचको मतगणना आज

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ। महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो।महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गर्दै डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत पाउनुभयो थियो ।

दलित क्लस्टरको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलबाट जीवन परियार निर्वाचित भएका छन्। सभापति देउवा प्यालनका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन्। परियारले २२१२ मत र प्रतिस्पर्धी विश्वकर्माले २११२ मत ल्याएका छन्।आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा पनि कोइराला प्यानलका विकास लामालाई हराउँदै देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन्।

जम्मा ४६८१ मत खसेकोमा आङ्देम्बेले २७११ मत ल्याएका छन् भने लामाले १९१३ मत पाएका छन्। अरु पाँच सहमहामन्त्री पदको मतगणना भने आज हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। अब मधेसी, खस(आर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन बाँकी छन्।

यस्तै खस आर्य समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट किशोरसिंह राठौर, कोइराला पक्षबाट देवराज चालिसे उम्मेदवार छन्।
थारु समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट उमाकान्त चौधरी र कोइराला पक्षबाट तेजुलाल चौधरी उम्मेदवार छन्।मधेसी समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट महेन्द्र यादव, कोइराला पक्षबाट रामकृष्ण यादव र विमलेन्द्र निधि पक्षबाट रामकृष्ण यादव उम्मेदवार छन्। मुस्लिम समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्।

पिछडिएको क्षेत्र समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट जीवनबहादुर शाही, कोइराला पक्षबाट बद्री पाण्डे र निधि पक्षबाट चेतराज बराल उम्मेदवार छन्।

Leave A Reply

Your email address will not be published.