भारतमा मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाइते पुष्करको उपचारार्थ सहयोगको अपिल

पुष्पराज जोशी दार्चुला – भारतको पन्जाबमा मोटरसाइकल दुर्घटना परी गम्भीर घाइते भएका दार्चुला जिल्लाको लेकम गाउपालिका ३ गोईलाडका २३ वर्षीय पुष्कर राम सार्किका परिवारले पुष्करको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको छ ।

गत मङ्सिर २३ गते भारतको फगडा हाइवे रोडमा समान किन्न जाने क्रममा पुष्कर सवार मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल चालक सोही ठाउका महेश राम सार्कीको घटनास्थलमा नै ज्यान गएको थियो । पुष्कर भने गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने कम्मर, हातखुट्टा र छातिको करङ भाँचिएको पुष्करका आफन्तले बताएका छन ।

 

हाल पुष्करको श्री राम नेरो सेन्टर पन्जाब भारतमा उपचार भइरहेको छ भने थप उपचारको लागि आर्थिक सहयोगको अपिल गरेको हो । पुष्करको उपचारमा लाखौं रकम लाग्ने र उनको परिवारको आर्थिक अवस्था समेत कमजोर रहेकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सक्दो सहयोग गरिदिन आग्रह गरेका हुन् ।

 

पुष्करको उपचार लागी सहयोग गर्न इच्छुक ब्यक्ती हरुले ग्लोबल आई एमई बैङमा रहेको बसन्त कुमार जोशीको खाता नम्बर ४३०७०१००३६६३२ मा जम्मा गर्न अनुरोध गरिएको छ । त्यस्तै मोबाइल नम्बर ९७४८८५४०३५,र भारतका लागी ७८३७२३६८३९ मा सम्पर्क गर्न अपिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.