आणविक क्षमताको ब्यालेस्टिक मिसाइलको भारतद्वारा सफल परीक्षण

दार्चुला – भारतले आणविक क्षमताको ब्यालिस्टिक मिसाइल अग्नी पी को सफल परीक्षण गरेको छ ।

पूर्वी राज्य ओडिसाको अब्दुल कलाम टापुमा हिजो मिसाइल परीक्षण गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षा मन्त्रालयका अनुसार नयाँ पुस्ताको मिसाइल प्रक्षेपणले सबै मिसन उद्देश्यहरू पूरा गरेको छ ।

‘अग्नि पी को परीक्षणले सबै आधुनिक प्रविधिको भरपर्दो कार्यप्रदर्शन प्रमाणित गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

Leave A Reply

Your email address will not be published.