कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, मन्त्री बडू खुला केन्द्रीय सदस्य भित्र

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको मत गणना सकिएको छ । ३५ जनाका लागि भएको चुनावमा ९९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

नेपाली कांग्रेशको १४ औँ महाधिवेसन अन्तरगत खुला केन्द्रीय सदस्यतर्फ नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहनुभएका नेता दिलेन्द्रप्रसाद बडू निर्वाचित हुनुभएको छ। मन्त्री बडू ३५ जना खुला केन्द्रीय सदस्यमा पर्नुभएको हो।

परिणामअनुसार डा शशांक कोइराला सबैभन्दा धेरै मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहँदै निर्वाचित हुनुभएको छ ।

त्यस्तै गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा रामशरण महत, दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा गोविन्दराज पोखरेल निर्वाचित हुनुभएको छ ।

यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित र मोहन आचार्य शीर्ष ३५ भित्र समेटिएर निर्वाचित हुन सफल हुनुभएको छ ।

३५ जनामध्ये सभापति शेरबहादुर देउवाको पक्षबाट उम्मेदवार बनेका २५ जना र सभापतिका प्रतिस्पर्धी डा। शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका नौ जना विजयी भएका छन् । शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षको सूचीमा हुनुहुन्थ्यो ।

चुनावमा यसअघि सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री र प्रदेश २ को महिलातर्फ केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा जम्मा चार सय ८७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले अब एक हप्तामा सबै पदको मतगणना भइसक्ने जनाएको छ ।

सूची:-

 

Leave A Reply

Your email address will not be published.