दार्चुलामा १२ बर्ष माथिका बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाउन सुरु

दार्चुला । दार्चुलामा आज बाट १२ बर्ष माथिका बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । विद्यालय उमेर समुहका १२ देखि १७ बर्ष उमेर समुहका सम्पुर्ण बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्ध मोडर्ना खोप दिन सुरु जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाका नौ वटै स्थानीय तहमा रहेका करिब २१ हजार बालबालिकालाई आज बाट पुस ९ गते सम्म पहिलो मात्रा खोप लगाइसक्ने योजना रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्र राज भट्टले जानकारी दिनुभयो ।जिल्लाका निजी र सामुदायिक गरी १ सय ३६ वटा खोप केन्द्रबाट स्वास्थ्यकर्मीको टोलीले खोप दिन सुरु गरेको छ ।

अहिले जिल्लामा मोर्डना खोपको १५ हजार ६ सय डोज खोप आएको छ । एक महिनापछि दोस्रो मात्राको खोप दिइने छ । ओमिक्रोनको संक्रमणको जोखिम बढेसंँगै बालबालिकाहरूमा पनि त्रास बढेको छ ।

दार्चुलामा सोमबार देखि संञ्चालन भएको मोडर्ना खोप अभियानका लागि स्वास्थ्य कार्यालय दार्चुलाले जिल्लाका नौवटै स्थानीय तहमा खोप पठाएको उहाँले बताउनुभयो ।

जिल्लाको अपिहिमाल गाउँपालिकामा ६ सय ९७ डोज खोप पठाइएको छ । त्यस्तै व्यासँ गाउँपालिकामा ७ सय २४ डोज, महाकाली नगरपालिकामा २९ सय २१ डोज, नौगाड गाउँपालिकामा २२ सय ५६ डोज, दुहुँ गाउँपालिकामा ९ सय ५२ डोज, लेकम गाउँपालिकामा १३ सय २७ डोज , मालिकार्जुन गाउँपालिकामा १५ सय ९६ डोज, शैल्यशिखर नगरपालिकामा ३२ सय १३ डोज तथा मार्मा गाउँपालिकामा १७ सय १६ डोज गरी १५ हजार ४ सय डोज खोप पठाइएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.