Naya Sadar
Badar

लेकम गाउँपालिकाको लाली क्षेत्रमा बदेलको आतङ्क

पुष्पराज जोशी

Sadar Sano

दार्चुला । दार्चुलाको लेकम गाउपालिका ३ लाली क्षेत्रमा बदेल लगायत अन्य जगंली जनावरहरुले आतङ्क मच्चाउँदा कृषक समस्यामा परेका छन । बँदेल, बाँदर, दुम्सीजस्ता जनावरले बालिनाली सखाप पार्न थालेपछि कृषक समस्यामा परेका हुन् ।

जंगली बँदेलले लेकम गाउँपालीको लाली क्षेत्रमा किसानहरुले लगाएको गहँुबाली, पिडालु ,उखु फलफूल, तरकारी लगायत अन्य खाद्यबाली नष्ट गर्न थालेको लेकम गाउँपालिका वडा नम्बर ३ का स्थानिय कृषक जयदेब जोशीले बतानुभयो । सो क्षेत्रका अधिकांश ठाउँमा गहुँवाली जोगाउन निकै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

उम्रन लागेको गहुँबालीलाई बदेलहरुले नष्ट गर्न थालेपछि किसानहरु चिन्तामा परेका उहाँको भनाइ छ । ‘बालिनाली जनावरले खान थालेपछि रात–दिन जाग्राम बस्नुपरेको छ उहाँले भन्नुभयो । उखु पेल्ने बेलामा जंगली जनावरले उखुबाली समेत नष्ट गर्न थालेपछि किसानहरुमा थप चिन्ता बढेको छ । जगंली जनावरहरुले लगाताररूपमा केही दिनदेखि गहुँबाली नष्ट गर्न थालेपछि बँदेल,बादर र दुम्सीलाई कसरी नियन्त्रण गर्ने भनेर किसानहरु लाई थप चिन्ता बढेको हो ।

Naya Mat patra

रातिको समयमा बँदेल र दुम्सीको पहरा दिनु पर्ने र दिउँसोे बादरकोे पहरा दिदा पनि खाद्यबाली जोगाउन मुस्किल भएको किसान डम्मर भण्डारीले बताउनुभयो । ‘चिसोको समयमा राती जाग्राम बस्न पनि समस्या हुने गरको छ ।

हरेक वर्ष बँदेल धपाउन पहरा दिनुपरे पनि स्थानीय सरकारले यसबाट जोगाउन कुनैै पहल नगरेको कृषकहरुले गुनासो गरेका छन । बदेल र बाँदरले खाधबालीसँगै तरकारी पिडालु लगायतका फलफूल पनि नष्ट पारेको छ । जगंली जनावरको आतंक बढ्दै गएकाले नियन्त्रणका लागि स्थानीयतहले पहल गरिदिनु पर्ने स्थनिय बासिन्दाहरुले माग गरेका छन ।

लेकम गाउँपालिका वडा नम्बर ३ मकन्ना, लाली, ऐरपाली ,बङतड,किम्तड,गोमाखोली, उकुमा ,गोईलाडका बस्तीहरुमा रातको समयमा बदेल र दुम्सी सकी्रय हुने गरेको हाम्रा लिपुलेक सहकर्मी गौतम जोशीले बतानुभयो । ‘बँदेलको डरले गर्दा घाँस, दाउरा ल्याउनका लागि जङ्गल जान समेत समस्या भएको र विद्यार्थीहरुलाई विद्यालय आउन जान पनि समस्या भएको कृष्ण माध्यमिक विद्यालयका लालीका शिक्षक प्रमानन्द जोशीले बताउनुभयो ।

वर्षैपिछे बालीनालीमा क्षति हुँदै आएको भए पनि क्षतिपूर्ति पाउन नसकेको किसानहरुले बताएका छन । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनैे योजना ल्याउन सकेका छैनन् । देशका अन्य कुनै कुनै स्थानीय तहले बाँदर धपाउनका लागि विभिन्न यन्त्र उपकरण वितरण गरेका छन । तर लेकम गाउँपालिकाले भने जंगली जनावर भगाउनको लागी कुनै विकल्प खोजेको छैनन् ।

Leave A Reply

Your email address will not be published.