दार्चुला – नेकपा एमालेको डिलाशैनी ३ गिरिबगरमा मगंलबार गाँउकमिटि अन्तर्रगत टोल कमिटि गठन गरिएको छ । प्रथम टोल कमिटिले धनबिर लुहारको अध्यक्षतामा ३२ सदस्यीय टोल कमिटि गठन गरेको डिलाशैनी ३ का नेकपा एमाले गाँउ कमिटि अध्यक्ष गोकर्ण बहादुर रानाले बतानुभयो । सो कमिटिको उपाध्यक्षमा शंकर कोली सचिवमा हरिचन्द्र कोली लगायत अन्य ३२ सदस्यहरु रहेका छन् ।
नेकपा एमाले डिलाशैनि पालिका कमीटी अध्यक्ष रघुबिर बोहराको प्रमुख आतिथ्तय रहेको कार्यक्रममा डिलाशैनी ३ का नेकपा एमाले गाँउ कमिटि अध्यक्ष गोकर्ण बहादुर रानाको बिशीष्ट आतिथ्तय रहेको थियो भने अन्य नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागिता रहेका थियो ।
आज बाट सुरु भएको उक्त टोल कमिटि गठन कार्यक्रम डिलाशैनि गाउपालिका भरीका टोलहरुमा कमिटि गठन गरी संगठन बिस्तार गरीने नेकपा एमाले गाँउपालिका कमिटि डिलाशैनिले जनाएको छ ।