बैतडी – नेकपा एमालेको डिलाशैनी ३ मङ्खरौडामा बुधबार गाँउकमिटि अन्तर्गत टोल कमिटि गठन गरिएको छ ।
प्रथम टोल कमिटिले महानन्द कपाडीको अध्यक्षतामा २१ सदस्यिय कमिटि गठन गरेको डिलाशैनी ३ का नेकपा एमाले नेता गोकर्ण बहादुर रानाले बतानुभयो । सो कमिटिको उपाध्यक्षमा कृष्ण बहादुर पाल ,सचिवमा मदन राज कपाडी लगायत अन्य २१ सदस्य कमीटी गठन गरेको हो । नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य परमानन्द कपाडीको अध्यक्षतामा बसेको कार्यक्रममा नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य बिरेन्द्र बहादुर बोहरा प्रमुख आथिती रहनु भएको थियो। भने नेकपा एमाले डिलाशैनि पालिका कमीटी अध्यक्ष रघुबिर बोहरा बिशिस्ट अतिथि रहनु भएको थियो।
कार्यक्रममा अन्य नेकपा एमाले का दर्जनौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
