दार्चुलामा केरा खेती लोप हुने चिन्ता

पुस्प राज जोशी / दार्चुला -कुनै बेला केराको भण्डार मानिने दार्चुला जिल्ला पछिल्लो समयमा केरा खेतीनै संकट मा परेपछि दार्चुलामा हुने विभिन्न जात का केरा लोप हुने चिन्ता बढेको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका, मालीकार्जुन गाँउपालिका, लेकम गाँउपालिका महाकालि नगरपालिका र मार्मा गाउपालीकाका केही ठाउँ केरा खेतीको लागी उपयुक्त मानीएको भएपनि पछील्लो समयमा दार्चुला बाट नै केरा खेतीमा लाग्ने बिभीन्न रोगका कारण केरा खेती संकटमा पर्न थालेको छ । जसका कारण किसानहरु चिन्तित भएका छन् ।

जलवायु परिवर्तनका कारण तापक्रम बढदै गएको र दार्चुलाको हकमा गवारो, पानामा विल्म , डडुवा रोग लाग्ने भएकाले स्थानीय अर्थात रैथाने जातको केरा संकटमा परेको कृषिज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले बतानुभयो । नगदे बाली भन्दा केरा खेतीबाट मनग्य आम्दानी गर्न सकिने भएपनि केराको प्राकृतिक प्रकोपका कारण केरा खेतीमा संकट परेको हो ।

विगतका बर्षहरुमा केरा बाटै घर खर्च जुटाउने दार्चुलावासीको अहिले केरा खेती संकटमा पर्न थाले पछि आयश्रोत बन्द भएको शैल्यशिखर नगरपालिका ६ बजानिका क्रिपाल धामीले बताए । पहिले दार्चुलाका बिभीन्न बजारहरुमा केरा बेच्ने र किन्नेको दैनिक भिडभाड हुने गर्दथ्यो । केरा बेचेर घरखर्च चलाउने उनीहरु अहिले आफै अन्यत्रबाट केरा किनेर ल्याउनु पर्ने बाध्यता भएको बताउछन। विगतमा जताततै केरा घारी मात्र देखिने दार्चुलाका गाँउहरुमा अहिले फाट्ट फुट्ट मात्र केराका बोटहरु देख्न पाईने महकाली नगरपालिका वडा नम्बर ६का लिलादेबी बडुले बतानुभयो । फलेका केरा पनि साना र थोरै कोसालागेका देखिन्छन् ।केरामा रोग लागेर एकाएक बोटहरु सुक्न थाले पछि यहाँका मानिसहरु चिन्तित बनेका छन् ।

दार्चुलाका प्रत्येक ठाउहरुमा स्थानिय जातका केरा खेती गरीने भएपनि पछिल्लो अवस्थामा विलीयम हाईब्रेड जातको केरालाई व्यबसायीक रुपमा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नक्तड लगायत जिल्लाभरी १÷२ ठाउमा मात्र केरा खेती गरीरहेको कृषिज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले बतानुभयो ।

Leave A Reply

Your email address will not be published.