पुष्प राज जोशी / दार्चुला – पुस को चिसो बढे संगै कपडा गाउँ गाउँ पुगेर जुम्ला का युवा हरु आम्दानीको स्रोत बनाउँदै गरेका छन।
जुम्लाको सिन्जा गाउँपालिका २ का देब आर्चय अहिले दार्चुलाका गाउँ गाउँ सम्म कम्बल लगेर बेच्ने गरेका छन । उहाँ को टिम सहित दार्चुला , बैतडीका गाउँ गाउँ पुगेर न्यानो कपडा बेच्ने गरेका छन।अहिले उहाँ पनेबाज मै सटर भाडामा लिएर व्यापार गर्ने गरेका छन। आर्चय जस्तै अन्य जुम्लाका धेरै जसो ब्यापारी सुदुरपश्चिमका ९वटै जिल्लामा पुगेर ब्यापार गर्ने गरेका छन।उसो त उनिहरु सुदुरपस्चिम मात्रै नभएर ब्यापारको लागि देशका विभिन्न ठाउँमा पुग्ने गरेका पाइन्छन। आर्चय संगै उहाका साथिहरु दैनिक बिहानैदेखि नै कपडा को भारी बोकेर घर, दैलोमा पुग्दै व्यापार गर्दै आउनु भएको छ । बिदेश मा गएर परिश्रम गर्नु भन्दा आफ्नै देशमा पसिना बगाएर मेहनत गर्ने उदेश्य बोकेका आचार्य ले एक महिना मा २५ हजार देखि ३० हजार सम्म को नाफा हुने गरेको बताए।

काठमाडौ र धनगढी बाट कपडा मगाएर चिसो मौसमको बेलामा घरदैलोमा आएर व्यापार गरिरहेको आचार्य कै सहयात्री बेद प्रसाद जोशीले बताए। पुर्ख्यौली पेशा लाई निरन्तरता दिने उदेश्यका साथ बिभीन्न बजारबाट जम्मा गरेका कपडा बिक्री गरी आएको पैसाले दैनिक पारिवारिक समस्या समाधान गर्न सहज भएको अर्का व्यापारी पुष्कर काफ्ले ले बताए। आर्चय जस्तै सोही ठाउका असल चौलागाई पनि दार्चुलाको लेकम क्षेत्र तीर आफनो ब्यपार ब्ययसाय गरिरहनुभएको छ । उहाले भन्नुभयो एउटा टिममा दुईदेखि आठ जनासम्म हिँड्ने गरेका छौ। उनीहरूको खाना नास्ताको टुंगो हुँदैन । ‘जहाँ जतिबेला जे भेटियो, त्यही खान्छौं भावुक भएर लिपुलेक खबर संग गुनासो गरे।
कैलालीको टिकापुरमा बस्दै आउनुभएका आर्चय कपडा बिक्री गरी भएको आम्दानीले छोरा र छोरीको स्कुल फिस र घर खर्च जुटाउँदै आएको बताउनुहुन्छ । आफू हरुले पढे लेखेको भए पनि सरकार ले कुनै पनि रोजगारी नदिदा यो पेशामा बाध्य भएर लागेको बताउछन।
जुम्ला का धेरै जसो ठाउँमा सडक पुगेको छैन् । माथिल्लो भेगमा भारी हिमपात हुने भएको ले बिद्यालय पनि ८ महिना मात्र सन्चालन मा आउने गर्छन। बाकी ४ महिना धेरै जसो जुम्लाका विद्यार्थी हरु समेत न्यानो कपडा बिक्री गर्न देश का विभिन्न ठाउँहरुमा पुग्ने गर्दछन।
चिसो मौसममा आवश्कता पर्ने,कम्बल राडी डसना र सिरानीका पल्ला र खोल लगायत अन्य कपडाहरु बेच्ने गरेको देब आचार्यले लिपुलेक खबर लाई बताए ।