शैल्यशिखर भित्रका पशुचौपायामा खोरेत रोग फैलिदै

पुष्प राज जोशी / दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालीका भित्रका भूभागमा केही दिनदेखि खोरेत रोग फैलन थालेको छ ।

केही महिनायता नगरपालिकाको वडा नम्बर २ र ३ मा रहेका बस्तीहरु लगायत नगरपालिकाका अन्य क्षेत्रमा समेत खोरेत रोग फैलन थालेको हो । अहिले सबैभन्दा बढी शैल्यशिखरको वडा नम्बर २ का थामु, रौत्यौडा, चौकनी, देथला र वडा नम्बर ३ का ओसप टोल, लुइटा , दर्मा, जिउडे क्षेत्रमा फैलन थालेको र त्यसपछि क्रमशः गोकुलेश्वरको बेलायती, धानाखेती लगायत नगरपालिकाको अन्य क्षेत्रमा समेत फैलन थालेको शैल्यशिखर नगरपालिका ३ का वडा अध्यक्ष गोकर्ण बहादुर चन्दले बतानुभयो ।

दुई महिना अघि शैल्य शिखर नगरपालिका वडा नम्बर २ का बस्तीहरुमा फैलीइको भएपनि अहिले वडा नम्बर ३ का बस्तीहरुमा गरेर झण्डै दर्जनमा खोरेते रोग फेला परेको नगरपालिका पशु शाखा कार्यालयका प्रमुख मुन्नी धामीले बतानुभयो ।

पशुचौपायामा ज्वरो आउने, मुखमा खटेरा आउने, र्‍याल बग्ने , दानापानी नखाने ,खुरमा घाउ हुने र शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको नगरपालिका पशु शाखा कार्यालयका प्राविधिक महेश दत्त जोशीले बतानुभयो ।

यसरी खोरेत रोग बाट बिरामी परेका पशुहरुलाई नगरपालिका भित्र भ्याकसिन खोप दिइरहेको र नगरपालीका बाट उपलब्ध गरेको ३ हजार डोज शैल्यशिखरको ९ र ५ का वडाहरुमा लगाइसकेको नगरपालिका पशु शाखा कार्यालयका प्रमुख मुन्नी धामीले जानकारी दिनुभयो । त्यस्तै पशु बिज्ञ केन्द्र दार्चुलाले उपलब्ध गराएको १ हजार डोज शैल्य शिखर नगरपालिका ४ रानीशीखरका बस्तीहरुमा खोप लगाएको हो ।

खोरेत रोग फैलन थालेपछि यसको जानकारी नगरपालिका र पशु बिज्ञ केन्द्रमा जानकारी गराइएको र यसको नियन्त्रणको विषयमा समेत छलफल शुरु गरिएको शैल्यशिखर नगरपालिका पशु शाखा कार्यालय गोकुलेश्वरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.