भारतमा अदालतभित्र बम विस्फोट हुँदा दुई जनाको ज्यान गयो

दार्चुला । भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट भएको छ ।

अदालतको तेस्रो तलामा हिजो दिउँसो भएको बम विस्फोटमा परि दुई जनाको ज्यान गएको छ । अरु चार जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । बम विस्फोट अदालतको तेस्रो तलामा कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको थियो ।

वकिलहरुको हड्तालका कारण साधारण दिनको तुलनामा हिजो भिड कम थियो । अदालत भित्र कसले र किन विस्फोट गराएको भन्ने बारेमा अहिलेसम्म खुलेको छैन ।घटनाबारे थप अनुसन्धान भैरहेको सुरक्षा निकायले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.