दार्चुला – दार्चुला जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरीले राष्ट्रिय माबी दत्तुमा लागु औषध सेवन, साईबर क्राईम, आत्महत्या, बालबिवाह, बहुबिवाह लगायत सामाजिक अपराध न्युनिकरण सम्बन्धी जनचेतानामुलक कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रवार भएको समुदाय साझेदारी प्रहरी कार्यक्रम अन्तरर्गत जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी मनोहर प्रसाद भट्टको नेतृत्वमा खटिएको टोलीले जनचेतानामुलक कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयमा लागु औषध दुर्ब्यसनी, साईबर क्राईम, सामाजिक सञ्जालको दुरुपयोग, आत्महत्या ,महिला हिंसा लगायतका सामाजिक अपराध सम्बन्धि कार्यक्रम गरिएको हो ।
पछिल्लो अवस्थामा जिल्ला भरी बालबिबाह, बहुबिबाहका घटनाहरु बढ्दो क्रममा रहेकोले न्युनिकरण कसरी गर्ने भन्ने उदेश्य का साथ कार्यक्रम सम्पन्न गरेको प्रहरी निरीक्षक पुष्कर सिह ऐरीले बतानुभयो । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिक्षक, र अभिभावक सहित करिब ४०० को संख्यामा बिधार्थी हरुको सहभागितामा रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय दार्चुला ले जिल्ला भरीनै जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ।