नेकपा एमालेको डिलाशैनी टोल कमिटि अध्यक्षमा बोहरा चयन

दार्चुला – नेकपा एमालेको डिलाशैनी ३ दौउखोला गाँउकमिटि अन्तरगत शुक्रबार टोल कमिटि गठन गरिएको छ ।

उक्त टोल कमिटि भेलाले गंगा सिह बोहराको अध्यक्षतामा टोल कमिटि गठन गरेको डिलाशैनी ३ का नेकपा एमाले गाँउ कमिटि अध्यक्ष गोकर्ण बहादुर रानाले बतानुभयो । सो कमिटिको उपाध्यक्षमा दमयन्ती धामी सचिवमा राम सिह बोहरा लगायत अन्य २१ सदस्यहरु रहेका छन् ।

नेकपा एमाले बैतडीका नेता धरम सिह बोहराको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमीटी सदस्य बिरेन्द्र बहादुर बोहराको प्रमुख आतिथ्तयता रहेको कार्यक्रममा डिलाशैनी नेकपा एमाले गाँउपालिका कमिटि अध्यक्ष रघुबिर बोहराको बिशीष्ट आतिथ्तयता रहेको थियो ।

उक्त टोल कमिटि भेलामा नेकपा एमालेका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेका थियो ।

Leave A Reply

Your email address will not be published.