ब्यास का शिक्षा शाखा प्रमुख ओझाको लेकम सरुवा

दार्चुला – दार्चुलाको व्यास गाउँपालिकामा शिक्षा शाखा प्रमुख को जिम्मेवारी सम्हालेका केशवराज ओझाको ब्यास गाउँ पालिका बाट लेकम गाउँपालिका सरुवा भएको हो। ओझाले दुई बर्ष पहिले देखि व्यास गाउँपालिकामा शिक्षा प्रमुख को जिम्मेवारी सम्हालेका थिए । शिक्षा अधिकृत ओझाको शुक्रबार ब्यास गाउँपालिकाले बिदाइ गरेको छ।

उहाँले दुई बर्ष व्यासमा शिक्षा प्रमुख को काम गर्दा आफुले ईमानदार भएर काम गरेको शिक्षा शाखा प्रमुख ओझाले बताए । यस्तै शिक्षा क्षेत्रमा ओझाले ब्यास गाउँपालिका मा रहुन्जेल सम्म उल्लेखनीय काम गरेको स्थानीयको भनाइ छ।

लेकम गाउँपालिका वडा नम्बर ४ खरकडा घर भएका ओझाको आफ्नै पालिकामा सरुवा भए पछि उहाँले लेकममा पनि शिक्षा क्षेत्रमा परिबर्तन ल्याउने बताए।

उहाँले लेकम मा आइतबार देखि आफ्नो जिम्मेवारी सम्हाल्ने बताउनु भयो।

Leave A Reply

Your email address will not be published.