Naya Sadar
Badar

दार्चुला सहित सुदूरपश्चिमका पहाडी जिल्लामा चिसो बढ्यो

Sadar Sano

दार्चुला – मौसममा आएको परिवर्तनले दार्चुला सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा चिसो बढेको छ । पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि बादल लागेकाले चिसो बढेको हो । आइतबार राती दार्चुला सहितका सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

Naya Mat patra

मौसममा आएको परिवर्तनले चिसो बढेको र यो बेला बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । चिसोको समयमा श्वासप्रश्वासका बिरामीहरुले बढ्ने भएकाले सतर्कता अपनाउन जिल्ला अस्पताल दार्चुलाले आग्रह गरेको छ ।

यस्तै चिसोको समयमा बालबालिकाहरुलाई निमोनिया हुन सक्ने भएकाले उनीहरुलाई न्यानो बनाइराख्नुपर्नेमा डाक्टरले जोड दिएका छन । यस्तै चिसोको समयमा तातो र झोलिलो खानेकुरा खान पनि स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.