१६ जिल्लामा कांग्रेसको अधिवेशन पुस २७ गते गर्ने निर्णय

दार्चुला –  नेपाली कांग्रेसले रोकिएका १६ जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको छ।

विभिन्न विवादका कारण रोकिएका जिल्ला अधिवेशन पुस २७ गते एकै दीन गर्ने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार २७ गते बाँकी जिल्लामा अधिवेशन हुनेछ।

जिल्ला अधिवेशन हुन बाकी रहेका जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली छन्। त्यस्तै मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर छन्।

जिल्ला अधिवेशन हुन बाँकी रहेका सबै १६ जिल्ला दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्ला हुन्। क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छनोट भइसकेकाले पार्टीको केन्द्रीय महाधिवेशन भने सम्पन्न भइसकेको छ।

Leave A Reply

Your email address will not be published.