खान मावि ऐरीछानाका शिक्षक जोशीको बिदाई

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउपालिका वडा नं – ४ स्थित खान माध्यमिक विद्यालय ऐरीछानाले बुधबार शिक्षक जोशीको विदाई गरेको छ ।

विद्यालयमा एक औपचारिक विदाई समारोहको आयोजना गरि शिक्षक गणेश प्रशाद जोशीको विदाई गरिएको हो । विदाई समारोहमा खान माध्यमिक विद्यालयका अध्यक्ष उदय सिह धामी र खान माध्यमिक बिधालयका प्रधानाध्यापक तथा उक्त कार्यक्रमका प्रमुख अतिथी मदन राज जोशीले शिक्षक जोशीलाइ दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।उक्त कार्यक्रमको अवसरमा विद्यालयका विद्यार्थी एवम अभिभावकहरुले टीका र फुलमालाले विदाई गर्नु भएको थियो।

छोटो समयमा पनि शिक्षक जोशीले विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक क्षेत्रमा नमुना कार्य गरि जिल्लामै प्रेरणादायी बन्न सफल बनाएको विद्यालयका प्रधानाध्यापक मदन राज जोशिले मालिकार्जुन खबर लाई बताउनु भयो । शिक्षक जोशीले कार्यक्रममा मन्तव्य राख्दै विद्यालयको शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो । शिक्षक जोशी २०७६ मङसिर २९ गते प्रावी स्थायी शिक्षकका रुपमा नियुक्त भई जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । उहाको सरुवा लेकम गाउपालिका ४ हुनैनाथ माध्यमिक बिद्यालय रातामाटामा भएको छ ।

उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक धन सिह धामीले गर्नुभएको थियो।

 

Leave A Reply

Your email address will not be published.