अनेरास्ववियु सिटिभिटी द्वारा सुदूरपश्चिममा संगठन बिस्तार अभियान सुरू

बैतडी – बुधबार आज देखि अनेरास्ववियु सिटिभिटी ले सुदूरपश्चिम का सिटिभिटी द्वारा सन्चालित सबै कलेजहरुमा संगठन बिस्तार गर्ने गरि अभियान सुरु गरेको छ। अनेरास्ववियु सिटिभिटी का अध्यक्ष यज्ञ भट्टले सेटिगाउ माबी गोकुले मा कमिटी निर्माण गर्दै उक्त कार्यक्रम को सुभारम्भ गरेको बताएका छन।

 

अनेरास्ववियु सिटिभिटी ले पौस २० गते सम्म सुदूरपश्चिमका सबै क्याम्पस हरुमा आफ्नो कमिटी बिस्तार गर्ने जनाएको छ । उक्त कमिटीको माध्यमबाट प्राबिधिक शिक्षा लाई देश बिकासमा महत्त्वपूर्ण भुमिका खेल्न सक्ने गरि बिद्यार्थी हरुलाई प्राबिधिक रुपमा सक्षम र सबल बनाउने गरि उच्च मेहनत र अनुसासन का साथ अगाडि बढ्न प्रेरित गर्ने अध्यक्ष भट्टले बताउनु भयो।

 

आज सेटिगाउँ माबिमा रुपेश नाथ अध्यक्ष रहने गरि ७५ सदस्यीय कमिटी निर्माण भएको छ।

Leave A Reply

Your email address will not be published.