शैल्यशिखर ५ मा नेकपा एसको ३१ सदस्यीय वडा कमिटी गठन

दार्चुला – शैल्यशिखर नगरपालिका वडा नम्बर ५ बगौरामा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीले वडा कमिटी गठन गरेको छ । बुधबार भएको भेलाले दान बहादुर डागा अध्यक्ष रहने गरी ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमीटीको उपाध्यक्षमा दल बहादुर डागा सचिवमा नैन सिह साउद चयन भएको नेकपा एकिकृत समाजवादी दार्चुलाका जिल्ला सचिव जनक डागाले बतानुभयो । कार्यक्रममा नेकपा एस दार्चुलाका नेता काशी सीह साउदको अध्यक्षता रहेको थियो भने प्रमुख आतिथ्यमा नेकपा एकिकृत समाजवादी दार्चुलाका जिल्ला सचिव जनक डागा सहितका नेताहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.