दार्चुलाको गोकुलेश्वोरमा बस पार्क नहुदा समस्या

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालीकाको वडा नम्बर ९ गोकुलेश्वरमा बसपार्क नहुदा पार्किङको समस्या हुनेगरेको छ ।

साँघुरो सडक त्यसैमाथि सवारी साधनको बढी चाप भएका कारण गाडी पार्किङ गर्न निकै कठिन हुनेगरेको जीप चालक रबिन्द्र धामीले मालिकार्जुन खबर लाई बताउनु भयो। पार्किङको व्यवस्था नहुदा सवारी चालक लाई मात्र नभइ आवत जावत गर्न सर्बसाधारणले पनि सास्ती खेप्नु परेको छ।

पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ भइरहेका छन् । दिन प्रती दिन गाडी थपिनु र बजार झन बढ्नुले अझै झन समस्या आउन सक्ने स्थानीय व्यापारी राम सिंह खत्री ले बताए।

जिल्लाकै दोस्रो ठूलो बजार गोकुलेश्वोरमा बसपार्क नहुँदा सडकको दायाँबायाँ, होटल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ गर्नु पर्ने बाध्यता रहेको सवारी चालकहरुको गुनासो रहेको छ . बसपार्क नहुदा बजारमा हुने फोहर व्यवस्थापनमा पनी चुनौती थपिदै गएको छ ।

यो बारे स्थानीय सरकार र सरोकारवालाहरुले कुनै चासो देखाएको छैन।

Leave A Reply

Your email address will not be published.