Naya Sadar
Badar

गोकुलेश्वर बिमान स्थलका लागी न्युन बजेट बिनीयोजन गरेकोमा पुर्व मन्त्री ठगुन्नाको आपत्ति

Sadar Sano

पुष्पराज जोशी / दार्चुला – नेकपा एमालेका नेता तथा पुर्ब संघिय मामिला तथा सामान्य प्रसासन मन्त्री गणेश ठगुन्नाले दार्चुलाको गोकुलेश्वर विमान स्थल निमार्णको लागि सरकारले न्यून बजेट छुट्याएको भन्दै आपत्ती जनाउनु भएको छ । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य र सुदुरपशिम प्रदेश सह इन्चार्ज समेत रहेका ठगुन्नाले गठबन्धन सरकारले बिमानस्थल निमार्णको लागि पर्याप्त बजेट नछुट्याएको बताउनु भयो ।

गठबन्धन सरकारले बहुवर्षीय योजनाका धेरै बजेट कटौती गरेको भन्दै गोकुलेश्वर बिमान स्थलका लागी बजेट न्युन रहेकोमा उहाँले आपत्ति जनाएका हुन। आफु सरकारमा रहेका बेला गोकुलेश्वर बिमान स्थलका लागी ५० करोड बजेट बिनीयोजन गरेको भए पनि अहिलेको गठबन्धन सरकार ले बजेट कटौती गर्नु दार्चुला बासी लाई हेपाई प्रवृत्ति गर्न खोजेको बताए।

बिमानस्थल बजेट संशोधनका नाममा आवधिक योजना अनुसार बनेका ठूला र बहुवर्षीय योजनाका बजेट न्युन हुदा नागरिकले विकासको मुख देख्न नसक्ने अवस्था सृजना भएको उहाँको भनाई थियो । पुर्व मन्त्री ठगुन्नाले आज बिहीबार मालीकार्जुन खबर संगको कुराकानिमा दार्चुला जिल्लाको हकमा आफु सरकारमा रहेको बेला उल्लेखनिय काम गरेको बतानुभयो । आफुले बजेट बिनियोजन गरेका ,आठ वटा पुल बनाउने योजना लगायतका महत्त्वपूर्ण योजना बनाएको भए पनि कटौती भएको प्रती आपत्ती जनाएको छ ।

Naya Mat patra

दार्चुलाको बिकासमा आच आउने सरकारको निर्णयले नागरिकको विकासको सपना खोस्ने काम गरेको उहाले दाबी गर्नु भयो । ‘सरकार कसको बन्छ जन चासोको विषय नहुन सक्छ,’ उनले भने, ‘तर विकास जनताका लागि हो । योजनागत विकास योजना काटिँदा जनतालाई असर परेको छ । आफु सरकारमा रहेको बेला दार्चुलाको लागि धेरै काम गरेको बताउनु भयो । उहाँका अनुसार गठबन्धन सरकारले जनता मा भ्रम छर्ने काम मात्र भइरहेको बताए।

आफू मन्त्री हुदा जिल्ला सदरमुकाम बाट तिङकर सडकको लागी कालो पत्रे गर्नको लागी आवस्यक रकम स्वीकृत गरेर अर्थमन्त्रालयमा पुगेको र अहिले सम्म कार्यन्यन नभएको प्रती आपत्ती जनाउनुभयो । पुर्ब मन्त्री ठगुन्नाले आफू मन्त्री भएको बेला प्रत्येक गाउपालिकाको केन्द्र सम्म कालो पत्रे गर्ने योजना ,पनि अलपत्र परेको बतानुभयो । जिल्लाकैे सबैभन्दा ठुलो खानेपानिको योजना लेकम गाउपालिकामा रहेको कुणी कुसकडा खानेपानि को काम चाडै सम्पन्न गरिने बतानुभयो । जिल्ला कै अर्को ठूलो लिप्टिङ खानेपानी मालिकार्जुन गाउँपालिका को न्वालपानीमा निर्माण सम्पन्न भइ संचालन भएको बताउनु भयो।

सिमा समस्याको बारेमा कालापानी ,लिपुलेको ,लिम्पीयाधुराको बारेमा आफुले संसदमा आवाज उठाएर संसदबाट संबैधानमा अङ्कृत गरे को भएपनि भारतले गम्भीरतापुर्वक नलिएको बतानुभयो । यो बिषयमा हामी सबैले एकताबद्ध भइ कुटनीतीक रुपमा अगाडी बढी यो जिम्मेवारी हाम्रो काधमा रहेको धाराणा राख्नुभयो ।

‘यति धेरै मन्त्रीलाई सवारी, आवास र कर्मचारी व्यवस्थापन कसरी गर्ने भन्ने बाहेक सरकारको बिकास तर्फ ध्यान नगएको आरोप लगाए। गठबन्धन सरकार बजेट कार्यान्वयन र जनताका समस्या समाधानप्रति होइन आफ्नै काममा अलमलमा छ ।’ कार्यान्वयनमा लैजान जति ढिला भयो त्यसले बजेट खर्चमा असर पर्ने नेता ठगुन्नाले बतानुभयो ।
नेता ठगुन्ना ले देश भरीनै आउदो चुनाव मा नेकपा एमाले बहुमतका साथ पहिलो पार्टी बन्ने बताउनु भयो।

Leave A Reply

Your email address will not be published.