तीनै तहको चुनाव समयमै हुन्छ:गृहमन्त्री खाण

कास्की – गृहमन्त्री बालकृष्ण खाणले तीनै तहको चुनाव समयमै सम्पन्न हुने बताउनुभएको छ । गृहमन्त्री खाणले तीन वटै तहको चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

आज शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले नागरिकबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनोट हुने गरी सबै तहको चुनाव हुने बताउनुभयो ।

गृहमन्त्री खाणले भन्नुभयो, ‘सबै चुनाव समयमै सम्पन्न हुनेछन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ । निष्पक्ष, स्वतन्त्र, भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनोट हुने खालको निर्वाचन समयमै सम्पन्न गरिनेछ ।’

Leave A Reply

Your email address will not be published.