दिपक साउँद/ दार्चुला – लेकम गाउँपालीका वडा नम्बर १ सर्मोलीमा रहेको जागृती युवा समाज सर्मोलीको प्रथम साधरण सभा तथा कार्यलयको उद्धघाटन गरिएको छ । लेकम गाउँपालीका वडा नम्बर १ मा रहेको जागृती युवा समाज संस्थाको कार्यलय उद्धघाटन तथा साधरण सभा सम्पन गरिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष महादेब साउँदको अध्क्षता रहेको थियो भने लेकम गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष दौलत सिह साउदको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभा मार्फत अध्यक्षमा महादेब साउद, उपाध्यक्षमा माधव सिह साउद, सचिवमा दिपक बिष्ट, कोषाध्यक्ष गोमती साउद भाट, सदस्यहरुमा कालुराम लावड, रमेश बोहरा, अञ्जना खत्री चयन भएका छन् । यस्तै जागृति युवा समाजको कार्यालय लेकम गाउँपालिका वडा नम्बर १ बडिपुरमा उद्घाटन गरिएको छ । ४१ जना आजिवन सदस्य रहेको उक्त समाजले सल्लाहकार समिति र प्रवासी समिति समेत गठन गरेको आजिवन सदस्या चन्द्र सिह साउँदले जानकारी दिनुभयो । कानुनी सल्लाहकारमा धिरेन्द्रसिह साउद र सल्लाहकारमा दौलत सिह साउद, ललित सिह साउद र हरि प्रसाद भट्ट चयन भएका छन् । रामसिह साउदको अध्यक्षतामा गठित प्रवासी समितिको उपाध्यक्षमा सन्तोष सिह साउद, सचिव नवराज खत्री, सहसचिवमा सुन्दर साउद सहित ११ जना रहेका छन् ।
गरिब जेहेनदार टुहुरा असाहाय विद्यार्थीलाई पोसाक, शैक्षिक सामाग्री, छात्रबृति प्रदान गर्ने उद्धेश्यले आर्थिक सहायता कोष समेत स्थापना गरिएको आजिवन सदस्य साउँदले बताउनु भयो ।