नेकपा एकीकृत समाजवादी दार्चुलाको तिन पालिकामा कमिटी गठन सम्पन्न

दार्चुला – नेकपा एकीकृत समाजवादी दार्चुलाले जिल्लामा आफ्नो संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका कूल नौ स्थानीय तहमध्ये तिन स्थानीय तहमा संगठन विस्तार गरिएको जनाएको छ।

हालसम्म नौगाड , अपिहिल र मार्मा गाउँपालिकामा पालिकास्तरीय कमिटी गठन गरि सकिएको जनाएको छ । मंगलबार सम्पन्न भेलाले जिल्लाको मार्मा गाउँपालिकामा जगत सिह बिष्ट लाई गाउँ कमिटी अध्यक्षमा सर्बसम्मत चयन गरेको छ, उपाध्यक्षमा बिसन सिह धामी र हरक सिह बिस्ट, सचिवमा हेमराज जोशी, सह सचिवमा रोसन लगायत ३७ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको प्रदेश कमिटी सदस्य इन्द्र विष्टले जानकारी दिए।

यस्तै जिल्लाको अपि हिमाल गाउँपालिकामा धनपाल बोहराको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन गरिएको नेकपा एस दार्चुलाका उपाध्यक्ष रुक्मती जागरीले जानकारी दिए । कमिटीको उपाध्यक्षमा गमन ठेकरे, सचिवमा गोबर्धन महता, उपसचिवमा गजेन्द्र ठेकरे र डब्बल कार्की चयन भएको उनले बताए।

जिल्लाको नौगाड गाउँपालिकामा किशनसिह ठगुन्नाको अध्यक्षतामा २३ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ। चन्द्रावती ठगुन्ना र राजेन्द्रसिह धामी उपाध्यक्ष रहेको कमिटीमा रमौती ठगुन्ना सचिव र नरेन्द्रसिह ठगुन्ना, जानकी देबी ठगुन्ना र सन्तोषसिह ठगुन्ना सहसचिव रहेका छन्।

कमिटी गठन गरिएका सबै पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका महाकाली नगरपालिका मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, व्यासँ गाउँपालिका, दुहुँ गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा पनि एक/दुई दिनभित्रै नेतृत्व चयन गरिने जिल्ला कमिटी अध्यक्ष बिरबहादुर ठगुन्नाले जानकारी दिए।

जिल्लाका सबै पालिकामा संगठन विस्तार गरिसकेपछि संगठन सुदृढीकरणको कामलाई अगाडि बढाइने उनले बताए । अहिले नेकपा एमाले सँग विभाजन भएपछि उक्त पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ।

संगठन विस्तार अन्तर्गत पालिकाका कमिटीहरु गठन गर्ने, अहिले गठन प्रक्रियामा रहेका वडा कमिटी गठनलाई निरन्तरता दिने, जनवर्गीय संगठनहरु विस्तार गर्ने, नयाँ सदस्यता थप गर्ने र पुरानालाई नवीकरण गर्ने बताइएको छ।

Leave A Reply

Your email address will not be published.