दार्चुला – शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानीशिखरमा सडक निर्माणको कार्यले तिब्रता पाए पछि स्थानीय हर्षित भएका छन । देथला रानीशिखर सडकखण्ड अन्तरगत शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिह धामीको बिषेश पहलमा देथला रानीशिखर सडकखण्डले तिब्रता पाएको छ । अहिले रानीशिखर स्वास्थ्य चौकी क्षेत्रमा काम भइरहेको छ । नगरपालिकाले सो क्षेत्रमा सडक सन्जालको आश्वश्यकतालाई मध्यनजर गर्दै निर्माणको काम भइरहेको शैल्यशिखर नगरपालीकाका नगरप्रमुख अमरसिह धामीका स्वकिय सचिव एबं तरुणदलका नेता सुरेश बिष्टले जानकारी दिनुभयो ।
सडक निर्माण कार्ययमा स्थानीयहरुले साथ र हौसला प्रदान गरेका छन । गाउँमा पहिलो पटक सडक पुग्न थाले पछि स्थानिय हर्षित भएका छन । रानीशिखरको सेला वडा कार्यालय जोड्ने लक्ष्यका साथ काम भइरहेको छ ।
नेपाली कांग्रेशका वडा सभापती लालु राम महरले भन्नुभयो, _बिगत केहि बर्ष देखि रानिशिखरका बस्तिहरुमा सडक सन्जालले जोड्छौ भनि जनताहरुलाई खोक्रा आस्वासन मात्रै दिई बिकास के हो शब्दमा मात्रै सिमीत राख्नेहरुका लागि शैल्यशिखर नगरपालीकाका नगर प्रमुख अमर सिह धामीले सडक सन्जाल कसरी जोडिन्छ भन्ने कुरा स्पष्ट पारेका छन, उहाँले हाम्रो बिकट गाउँबस्तिहरुलाई सडक सन्जालले जोडने काममा ठुलो भुमीका खेलेका छन । देथला देखि रानीशिखर स्वास्थ्य चौकी नजिक सडक पुगेको छ महरले बताउनुभयो । मजगाउँसम्म जीप र टेक्टरहरु चल्न थालेका छन् । बाँकी क्षेत्रमा ट्र्याक खोलेर सडक पुछेपछि छिट्टै स्वास्थ्य चौकीसम्म यातायातका साधन सञ्चालनमा आउने महरको भनाई छ ।
देथलाबाट मजगाउँसम्म झण्डै आठ किलोमिटर सडक काटि सकेको छ । अबको केहि दिनमै वडा कार्यालय सम्म सडक सन्जाल बिस्तार हुने शैल्यशिखर नगरपालिका नगर प्रमुख अमर सिह धामीले बताउनु भयो । सडक निर्माणको कामले तिब्रता पाए संगै स्थानिय खुशि भएका छन् ।
साथै स्थानिय सरकार आएपछि शैल्यशिखर नगरपालिका भित्र दर्जनौ सडक सन्जालहरुले तिब्रता पाएको छ ।
