दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीको ११ महिनामै सरुवा

दार्चुला – दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको एक बर्ष पुरा नहुदै सरुवा भएको हो । प्रमुख जिल्ला अधिकारी जोशीले २०७७ फागुन २३ गते दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका थिए । जोशीको गृह मन्त्रालयमा सरुवा गरिएको छ।

गृह मन्त्रालयले बझाङ, बाजुरा, दार्चुला, झापा, सुर्खेत, बागलुङ, ओखलढुङ्गा, इलाम, रुकुम पश्चिम जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ । जसअनुसार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको गृह मन्त्रालयमा सरुवा गरिएको छ भने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ ।

Leave A Reply

Your email address will not be published.