बैतडी – नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएका छन। यस अघि अध्यक्षमा गोरख बहादुर चन्दको समेत उम्मेदवारी परेकोमा चन्द उम्मेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो ।
उपाध्यक्षमा यसअघि नै रमील बम चयन भैसकेकाछन। यसैगरी सचिवमा चक्र कार्की चयन भएकाछन भने उपसचिवमा चन्द प्यानलबाट एक जना राख्ने सहमति भएको छ ।
जिल्ला स्थित नेताहरू र उम्मेदवारहरूका बीचमा भएको गहन छलफल पछि सहमति जुटेको अनेरास्ववियु केन्द्रीय उपमहासचिव गोविन्द गिरीले बताए । राष्ट्रिय युवा संघ नेपाल आबद्ध युवाहरूको पहलमा सहमति जुटेको पाटन नगरपालिका वडा न १० का वडाध्यक्ष देवेन्द्र कुवरले बताए ।