जोशीको अध्यक्षतामा नेकपा एसको शैल्यशिखर नगर कमिटी गठन

दार्चुला – नेकपा एकिकृत समाजवादी पार्टी दार्चुलाले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ ।

जस अन्तरगत आज जिल्लाको शैल्यशिखर नगरपालिकाको पहिलो नगर अधिवेशन सम्पन्न गरेको छ । जनक राज जोशीको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटि गठन गरिएको हो । नगर कमिटिको उपाध्यक्षमा राम दत्त जोशी चयन भएकाछन भने सचीवमा कल्यान सिह खत्री चयन भएकाछन ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एसका जिल्ला अध्यक्ष बिरबहादुर ठगुन्ना रहेका थिए । प्रमुख आथित्यतामा प्रदेश कमिटी सदस्य अजब सिह बिष्ट , जिल्ला सचिव जनक डागा लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

शैल्यशिखरमा नेकपा एसले पहिलो कार्यक्रम गरेको भएपनि नेता, कार्यकर्ता र सुभेच्छुक हरुको उलेख्य सहभागीता रहेको पार्टीका दार्चुला जिल्ला सचीव जनक डागाले बताउनुभयो ।

हिजो मंगलबार शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा हर्क खडायत अध्यक्ष रहेने गरि ३१ सदस्यीय वडा कमिटी गरिएको डागाले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.