मावि आगरमा कानुन सम्बन्धी सचेतना कार्यक्रम सम्पन

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडानम्बर ५ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय आगरमा कानुन सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार सम्पन भएको छ । नेपाल सरकार कानुन न्याय तथा संसदिय मामिला मन्त्रालयको आयोजनामा उक्त विद्यालयमा कानुन सम्बन्धी सचेतना कार्यक्रम सम्पन गरिएको मालिकार्जुन माध्यमिक विद्यालय आगरका शिक्षक नारायण भट्टले बतानुभयो ।

कानुन, न्याय संविधान लगायत शैक्षीक संस्थाहरुमा सचेतना जगाउने उदेश्यका साथ शिक्षक, बिधार्थि, अभिभावक, बिभिन्न राजनितीक दलका प्रतिनिधीहरु लाई जानकारी गराउने उदेश्यले कानुनी सचेतना कार्यक्रम गरिएको थियो ।

कानुनी सचेतना कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव होमबहादुर केसी र उपसचिव जंगबहादुर डांगीले कानुन सम्बन्धी विभिन्न विषयवस्तुबारे जानकारी गराएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र डागाको अध्यक्षतामा संचालन गरिएको थियो भने उक्त कार्यक्रममा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिक्रीत सुरेन्द्र बहादुर बिष्ट प्रमुख अतिथि रहनु भएका थिए । त्यस्तै शैल्यशिखर नगरपालिका वडानम्बर ५ का वडा अध्यक्ष मदन सिह रावल विशिष्ट अतिथि रहेको कार्यक्रममा अन्य शिक्षक, बिधार्थि, बिभिन्न राजनितीक दलका प्रतिनिधीहरुको उपस्थीती रहेको हाम्रा मालीकार्जुन सहकर्मी राजेन्द्र साउदले बतानुभयो ।

Leave A Reply

Your email address will not be published.